पार्टी कार्यालय सरसफाईलाई तिव्रता दिन भातृ संगठनका अध्यक्षहरुलाई कोषाअध्यक्ष श्रेष्ठकाे निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कोषाअध्यक्ष उमेश श्रेष्ठ पार्टी कार्यालय सरसफाई तथा पुन निर्माणका लागि तदारुक्तका साथ अघि बढेका छन् ।
बिहीबार पार्टीकार्यलय सानेपामा उपस्थित भई कोषाअध्यक्ष श्रेष्ठले सरसफाई अभियानलाई तिव्रता दिन भातृ संगठनका अध्यक्षहरुलाई निर्देशन दिएका हुन् । श्रेष्ठले पार्टीका क्रियाकलापहरुलाई पार्टीकार्यलय बाटै अघि बढाउन सहज होस् भन्ने हेतुका साथ भातृ संगठनहरुलाई चलाएमान हुन अनुरोध समेत गरेका छन् ।
सकारात्मक सोच सहीत नयाँ उर्जाका साथ अघि बढ्नु पर्नेमा जोड दिँदै सबैले आत्मा आलोचना सहीत पार्टीका गतिविधिलाई अघि लैजानुको विकल्प नरहेको कोषाअध्यक्ष श्रेष्ठको दाबी छ ।

.gif)