sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

भारतको सिमलामा जिप दुर्घटना : ४ नेपालीको मृत्यु

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक जिप दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

 सल्यानको कुमाख गाउँपालिका-४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो । यस्तै एक भारतीयको पनि मृत्यु भएको छ । चालक जोगिन्दर सिंहको पनि ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । 

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्