sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

जेनजी आन्दोलनका मृतकहरु शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख दिने

२९ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुलाई शहीद घोषणा गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्ने क्रममा उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् । 

प्रधानमन्त्री कार्कीले निर्णयमा हस्ताक्षर गर्नु अगाडि मुख्यसचिव एकनारायण अर्यालले उक्त जानकारी दिएका थिए । मुख्यसचिव अर्यालले आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको बताए । 

प्रधानमन्त्रीले हस्ताक्षर गरेको निर्णयमा शहीद घोषित भएका प्रति व्यक्ति १० लाखका दरले राहत दिने उल्लेख गरिएको छ । त्यसका साथै घाइतेहरुको सिनशुल्क उपचार गरिने उल्लेख छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्