प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्री सुशीलाका कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
उनलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गरेका थिए । पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

.gif)