सुमना श्रेष्ठले त्यागिन् रास्वपा, रवि लाछिमछानेमाथि यस्ता आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेकी नेतृ श्रेष्ठले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
नेतृ श्रेष्ठले रास्वपाका नेताहरुको फेसबुक ग्रुपमा पार्टी त्यागेको घोषणा गरेकी छिन् । केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी उनी वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको मण्त्रिमण्डलमा सहभागी हुने चर्चाकाबीच पार्टी पनि परित्याग गरेकी छिन् ।
उनले लेखेकी छिन्– 'कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन ।
अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

.gif)