sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

आज पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री कार्की

२९ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् ।  कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । कार्कीले शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । त्यसै दिन पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि कार्यक्रम रोकिएको थियो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्