sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

उपेन्द्र यादवले दिए प्रधानमन्त्री कार्कीलाई शुभकामना

२८ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रथम महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

उनले शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने बताए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्