जेनजीको भावनालाई कार्यान्वयन गर्न भ्रष्टाचार छानबिन न्यायिक आयोग गठन गर्नुपर्ने माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनु भएकोमा बधाई छ । अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ ।'
साथै किरातीले आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसबारे छानबिन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्ने बताएका छन् ।

.gif)