sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

मध्यरातमा जुटुट्यो सहमति, नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै कार्की

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दुई दिनको हिंसात्मक प्रदर्शनपछि सरकारविहीनताको अवस्थामा पुगेको नेपालले प्रधानमन्त्री पाउने ल गभग पक्का भएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रहेको नेपालमा संसद के गर्ने भन्ने अन्योलताकबीच देशले संसदबाहिरबाट प्रधानमन्त्री चयन गर्ने सहमति भएको हो । 

बिहीबार राति प्रधानसेनापति अशोकराज सिग्देलको रोहवरमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधी सुशीला कार्की अन्तरिम सरकारको पमुख बन्ने पक्का भएको छ । यद्यपी, संसद के गर्ने भन्ने विषयको टुंगो लाग्न बाँकी रहेको छ । त्यस विषयमा छलफल गरेर टुंगो लगाउन अहिले बिहान राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र कार्कीबीच वार्ता हुँदैछ । 

सोमबार काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा केपी ओली नेतृत्वको सरकारले दमन गरेको थियो । उक्त दमनमा परेर १९ जनाको ज्यान गएको थियो । त्यसपछि मंगलबार हिंसा भडकिदा ओलीले राजीनामा दिएका थिए भने प्रदर्शनकारीहरुले न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकाका सबै संरचनामा आगजनी गरेर ध्वस्त बनाइ दिएका थिए । 

जेनजी पुस्ताको पहिलो मागमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेृन्द्र साहको नाम भए पनि उनले खासै चासो नदिएपछि सेनाले सुशीला कार्कीको नाममा सहमतिको पहल गरेको थियो । जेनजी पुस्ताको आधिकारिक नेतृत्व नहुँदा उनीहरुबीच नै विवाद र भडपको अवस्था भइरहेका बेला बिहीबार राति कार्कीकै पक्षमा सहमति भएको समाचार बाहिरीएको छ । कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छिन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्