sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

प्रधानमन्त्रीका विषयमा जेनजीमै विवाद, सुन्धारामा दोहोरो झडप

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । जेनजीको रुपमा प्रदर्शन गरेर देशलाई नै सरकारविहीनताको अवस्थामा पुर्‍याएका दुई समूहबीच झडप भएको छ । धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षधर र अर्को समूहबीच काठमाडौंको सुन्धारामा झडप भएको हो । 

प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको देखिएको छ । उक्त विवाद हेर्दा साम्पाङका समर्थकहरु बढी आक्रामक देखिएका छन् । 

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् । काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित नेपाली कांगेस र नेकपा (एमाले) समर्थक समूहले प्रदर्शन गरेको थियो । 

अहिले नेपाली सेनाले एम्बुलेन्सबाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्