sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

म कारागार फर्किन्छु : टोपबहादुर रायमाझी

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।

रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए ।  यसरी फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् । केही फर्कने क्रममा रहेको बताइएको छ । भुटानी शरणार्थी काण्डमै कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डेले पनि आफू कारागार फर्कन तयार रहेको सन्देश पठाएको कारागार प्रशासनले बताएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्