sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

जेनजीसँग आज वार्ता हुँदै, को–को हुन्छन् सहभागी ?

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सोमबार र मंगलबार हिंसात्मक प्रदर्शन भएपछि उक्त आन्दोलनमा सहभागी भएका जेएजी पुस्ताका प्रतिनिधी र नेपाली सेनाबीच आज वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा आजको वार्ता हुन लागेको हो । 

सोमबार र मंगलबार हिंसात्मक प्रदर्शन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको राजीनामा स्विकृत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताबाट समस्याको समाधान निकाल्न आग्रह गरेका थिए । मंगलबार साँझ प्रधानसेनापति अशोकराज सिग्देलले पनि वार्ता र संवादबाट समस्याको समाधान गर्न अपिल गरेका थिए । 

मंगलबार राति १० बजेबाट नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएको छ । सोसँगै सेनाले जेएजी पुस्तासँग वार्ताको लागि प्रतिनिधिहरुको नाम सिफारिस गर्न आग्रह गरेको छ । जेनजीका तर्फबाट वार्तामा सहभागी हुनेहरुमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकाचरी निर्देशक कुलमान घिसिङ, गएको निर्वाचनमा डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाललगायतको नाम चर्चामा छ । 

रास्वपाकी नेतृ सुमना श्रेष्ठको नाम पनि चर्चामा छ, यद्यपी उनले भने आफू राजनीतिक दलमा आवद्ध भएकोले गैरराजनीतिक वार्तामा नबस्ने बताएको श्रोतको दाबी छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्