नेपाली कांग्रेसका सांसद बजगाईंले पनि दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आफ्नो पदबाट राजीनामा दिएका छन् । गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद बजगाईँले आज पदबाट राजीनामा दिएका हुन् ।
विज्ञप्ति जारी गर्दै बजगाईँले भनेका छन्, ‘न्यायको विरोधमा, र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै, म संसद् सदस्य पदबाट राजीनामा दिन्छु।’
उनले साहसी युवाहरू र न्यायका लागी जीवन उत्सर्ग गर्ने समस्त सपूतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा पनि विज्ञप्तिमा घोषणा गरेका छन् ।

.gif)