sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

सिंहदरबारको गेट तोडेर भित्र छिरे प्रदर्शनकारी, आन्दोलन झन् आक्रामक

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सोमबारदेखि व्यापक प्रदर्शन गरिरहेका आन्दोलनकारीहरु आज सिंहदरबार प्रवेश गरेका छन् । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका हुन् । 

मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका छन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्