sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् । 

“उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु,” प्रधानमन्त्री ओलीले मंगलबार जारी गरेको अपिलमा उल्लेख छ ।

सोमबार (भदौ २३) काठमाडौं र देशका विभिन्न भागमा गरिएको प्रदर्शनका क्रममा भएको घटनाप्रति उनले दुःख व्यक्त गरेका छन् । “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो,” प्रधानमन्त्री ओलीले भनेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्