sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा दिने घोषणा

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट खानेपानीमन्त्री रहेका प्रदीप यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेन जीहरुको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो न्भल श युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्