भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौं । साफ यू-२० फुटबल च्याम्पियनशिपमा भुटानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरीमा भएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनु परेको थियो ।
भुटानका एक खेलाडीले रातो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको थियो।

.gif)