कृषि तथा सहकारी मन्त्री अधिकारीले दिए राजीनामा
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री राम नाथ अधिकारीले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर मन्त्री अधिकारीले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । जेनजी पुस्ताले हिजो सोमबार गरेको प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् ।
देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।
स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछुु उनले लेखेका छन् ।

.gif)