sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

अमेरिकामा सेयर बजार ओरालो

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा आर्थिक मन्दी आउने आशंकाबीच पछिल्ला केही दिनयता अमेरिकी सेयर बजार ओरालो लाग्न थालेको छ । अघिल्लो दिनको कारोबारमा अमेरिकी सेयर परिसूचक रक्ताम्मे बनेपछि हप्ताको पहिलो दिनको कारोबारमा सोमबार विश्व सेयर बजार त्रस्त बन्यो ।

आज नेपाली समयअनुसार बिहान ११ स् १८ बजे जापानमा निक्केई-२२५ ११ दशमलव ३२ प्रतिशतले घटेको थियो । सिंगापुरमा स्ट्रेट टाइम्स ३ दशमलव १८ प्रतिशतले तल आएर कारोबार भइरहेको थियो । थाइल्यान्डमा सेट कम्पोजिट पनि २ दशमलव शून्य ८ प्रतिशतले घटेको थियो ।

दक्षिण कोरियामा कोस्पी ८ दशमलव ८ प्रतिशतले घट्दा ताइवानमा ताइवान वेटेडमा ८ दशमलव शून्य ५ प्रतिशतको कमी देखियो । चीनमा साङहाई कम्पोजिट शून्य दशमलव ५७ प्रतिशत तल आएको थियो भने हङकङमा हाङ्शेङ परिसूचक पनि १ दशमलव २५ प्रतिशतले घटेको थियो । भारतमा पनि निफ्टी परिसूचक २ दशमलव ३४ प्रतिशतले घट्यो ।

बेलायतमा फुट्सी १ दशमलव ३३ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक-४० १ दशमलव ६४ प्रतिशत तल आउँदा जर्मनीमा डीएएक्स परिसूचक २ दशमलव ३९ प्रतिशत तल आएको थियो ।अघिल्लो दिनको कारोबारमा अमेरिकामा एसएन्डपी-५०० १ दशमलव ८४ प्रतिशत घटेको थियो भने नास्डाक पनि २ दशमलव ४३ प्रतिशत तल आएर बन्द भएको थियो । 

यो पनि पढ्नुहोस्