sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

गृहमन्त्रीको राजीनामा माग

२३ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । जेनजीले गरेको विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् । प्रहरी दमनको विरोध गर्दै गृहमन्त्री लेखकको राजीनामा नेता कार्यकर्ताले मागेका हुन् ।

केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्द पोखरेलले गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन् । गृहमन्त्रीको उत्तरदायित्वप्रति प्रश्न उठाउँदै कांग्रेसका कार्यकर्ताहरुले राजीनामा माग गरेका छन् । नेविसंघकी पूर्व नेता एलिजा ढकालले गृहमन्त्री लेखक प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी भएको बताएकी छन् ।

अर्का नेता व्रितान्त खनालले सरकारबाट बाहिरिन माग राखे । प्रदर्शनमा भएको दमनप्रति आक्रोशित खनालले सरकारबाट कांग्रेस तुरुन्त फिर्ता हुन माग राखे । नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई अपराधीको संज्ञा दिएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्