माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । सरकारले नरसंहार गरेको दाबी गरेको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग-जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।
अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव स्वयं सहभागी थिए । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किँदै गरेका छन् ।

.gif)