sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

माओवादी केन्द्रले गर्याे मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान फेरि सुरु

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ । जेठ २ गते बैतडीको  पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको सो अभियान फेरि सुरु गर्न लागिएको हो । 

बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा-१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो ।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्