sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिएका छन् । उनले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘यी जात्रा र पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरकफरक शैली र नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना विकास गर्नु हो ।’

जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचलगायत सांस्कृतिक प्रस्तुतिले नेपाली सभ्यता र परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्ने उनको भनाइ छ । 

विशेषतः तराई-मधेसमा आजकै दिन (अनन्त चतुर्दशी अनवत) पर्व मनाउने परम्परा रहिआएको छ । यो पर्व देवी लक्ष्मी तथा भगवान् विष्णुको पूजाआर्चना गर्दै मनाइने धार्मिक अनुष्ठान हो । 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्