कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा नरहेको उपेन्द्र यादवको आरोप
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्टहरू सङ्घीयताको पक्षमा नरहेको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र कम्युनिस्टका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा बढी सङ्कटमा रहेको बताएका हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै सङ्कटमा रहेको अध्यक्ष यादवले बताए । उनले नेपालमा वास्तविक कम्युनिस्टहरू नरहेको र कम्युनिस्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात मात्र जम्मा भएको आरोप लगाए ।
यादवले प्रदेश सरकारको अधिकार र कानुन केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताएका छन् ।

.gif)