sevenstartv.com २७ मंसिर २०८२, शनिवार

एमाले महाधिवेशन भाँड्ने षड्यन्त्र भएको ओलीको आरोप

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

ललितपुर । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन नै भाँड्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । विधान महाधिवेशनको दोश्रो दिन आज बिहान बन्दशत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा एक घण्टा ढिला सुरु भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएका हुन् । 

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरे । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको भन्दै अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घट्नाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने ।

गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दशत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहराले प्रतिवेदन पेस गरिसकेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्