sevenstartv.com २७ मंसिर २०८२, शनिवार

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको ज्ञानेन्द्र शाहीकाे आरोप

२१ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ माथि सामाजिक सञ्जालको विषयलाई लिएर गम्भीर आरोप लगाएका छन् ।

लमजुङको बेँसीशहरमा आइतबार आयोजित राप्रपाको जिल्ला अधिवेशनमा शाहीले मन्त्री गुरुङले झुट बोलेको दाबी गर्दै सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।

शाहीले मन्त्री गुरुङले सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने भनेर अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । दर्ता र सूचीकरण (लिस्टिङ) दुई फरक प्रक्रिया भएको बताउँदै उनले मन्त्रीले सूचीकरणलाई नै दर्ता भनी जनतालाई भ्रममा पारेको आरोप लगाएका छन् । मन्त्री गुरुङले केही समयअघि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता गराउनुपर्ने र यदि दर्ता नगरिए ती बन्द गर्न सकिने बताएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्