sevenstartv.com २७ मंसिर २०८२, शनिवार

निर्माण व्यवसायीहरूलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न गृहमन्त्री लेखकको आग्रह

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरूले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताएका छन् ।

यहाँ आज आयोजित निर्माण व्यवसायी सङ्घको २८ औँ साधारणसभा एवं १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताएका हुन् ।

उनले कुनै पनि सार्वजनिक काममा अशान्ति हुन नहुने उल्लेख गर्दै देशभरिका विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्क्याउने जस्ता गतिविधि सरकारले सहन गर्न नसक्ने बताए । पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमै काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।

वर्तमान सरकारको प्राथमिकतामा नीतिगत सुधार, कानुनी सुधार, सुशासन र दण्डहीनताको अन्त्य गरी विकास निर्माणलाई द्रुतगतिमा अगाडि बढाउने रहेको गृहमन्त्री लेखकले बताए । वर्तमान सरकार अर्थतन्त्रलाई लयमा ल्याउने उद्देश्यका साथ काम गरिरहेको उनको भनाइ थियो । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्