sevenstartv.com २७ मंसिर २०८२, शनिवार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ । । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको छ । 

समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्