प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६० औं बैठक १ बजेदेखि शुरु हुनेछ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले जल स्रोत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल पश चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

.gif)