sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग अध्यक्ष अग्रवालकाे आग्रह

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । 

आज काठमाडौंमा भएको एक कार्यक्रममा उनले नेपालमा हाल करिब एक हजार १५० वटा वस्तु तथा सेवाहरूमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरू आयात हुने गरेको बताएका हुन् । 

उनले भने, ‘स्वदेशी सबै उत्पादन तथा उत्पादकहरूमा गुणस्तरीय मापदण्ड लागू हुन्छ, सबै उत्पादकहरूले गुणस्तरीय मापदण्ड अनिवार्य पूरा गर्नुपर्छ । स्वदेशी उत्पादन तथा उत्पादकहरूले गुणस्तरीय मापदण्ड पूरा गरे÷नगरेको निगरानी गर्न धेरै निकायहरू पनि छन् । तर आयातित वस्तुमा निगरानी गरिएको पाइँदैन । स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरू गुणस्तरीय हुन अत्यन्त आवश्यक छ । त्यसैले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुने गरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु ।’ 

 

यो पनि पढ्नुहोस्