sevenstartv.com १ पुष २०८२, मङ्गलवार

रुपन्देही-३ उपनिर्वाचन : रेशम र रञ्जिताको छुट्टाछुट्टै तयारी

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट दुई जना उम्मेदवार हुने देखिएको छ । 

यद्यपि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता छैन । तैपनि पनि पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले स्वतन्त्ररुपमा छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरिरहेका हुन् । 

संरक्षक चौधरीले लगभग उमाशंकर चौधरीको नाम टुंगो लगाइसकेका छन्  । उमाशंकर निजामती क्षेत्रबाट अवकाश प्राप्त गरेपछि थारु आयोगको सदस्यमा नियुक्त भएका थिए । अहिले उनलाई रुपन्देही–३ बाट उम्मेदवार बनाउने तयारी भएको हो ।

यता, रञ्जिता श्रेष्ठ पनि रुपन्देही–३ का लागि उम्मेदवार घोषणाको छुट्टै तयारीमा छिन् । भदौ १५ गते सम्पन्न उनीपक्षीय केन्द्रीय समितिको बैठकमा रुपन्देही ३ को उम्मेदवारबारे कुराकानी भएको थियो । जसअनुसार उम्मेदवारका लागि तल्लो कमिटीसँग कुरा गर्ने र त्यहाँबाट जसको नाम सिफारिस हुन्छ, त्यसको नाम नै अनुमोदन गर्ने तयारी रञ्जिता श्रेष्ठको रहेको छ । 

पार्टीभित्र विवाद रहेको बेला यसरी दुई पक्षले दुई वटा उम्मेदवार खडा गर्ने देखिएको छ ।  रेशम चौधरीले उमाशंकरको पक्षमा हुँदा रञ्जिताको तर्फबाट डा.सरोज चौधरीलाई उठाउने कुरा भइरहेको बताइएको छ । रञ्जिता नै अध्यक्ष कायम भएपछि पार्टीमा आन्तरिक द्वन्द्व झन् तीव्र भएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्