मनाङ प्रदेशसभा-२ काे उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले मंगलबार सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो । गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुने भएकाे हाे ।
आयोगका अनुसार कात्तिक १७ गते हुने उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ । नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ ।
राजनीतिक दलहरूले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने उल्लेख छ।

.gif)