sevenstartv.com १ पुष २०८२, मङ्गलवार

राष्ट्रियसभाकाे बैठक बस्दै

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाकाे बैठक आज बस्ने भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे बस्नेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्