निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्याली
पूर्ण छात्रवृत्ति र क्रमशस् गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्याली निकालेका हुन् ।
चक्रपथको एक लेनमा निजी विद्यालयहरुका बसहरु लस्कर लागेका छन् ।

.gif)