sevenstartv.com २ पुष २०८२, बुधवार

बागमती प्रदेशसभाकाे बैठक बस्दै

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । बागमती प्रदेशसभाकाे बैठक बस्दै छ । बैठक बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौंडामा बैठक बस्ने भएको हो ।

 बैठकमा विशेष समयको कार्यसूची रहेको छ । विशेष समयमा सांसदहरूले समयसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा विकास निर्माण र निर्वाचन क्षेत्रका समस्या बारे आफ्ना धारणा राख्नेछन् । विशेष समयमा प्रत्येक सांसदलाई २ मिनेटको समय निर्धारण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा बोल्ने सांसदको लिस्ट लामो रहेकाले उक्त समय निर्धारण गरिएको हो ।

बैठकमा प्रदेश स्तरीय चिट्ठा विधेयक व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको छ । बैठकमा प्रदेश मामिला समितिले तयार गरेको उक्त विधेयक माथिको प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने तयारी रहेको छ । विधेयक माथिको प्रतिवेदन समितिले आइतबारको बैठकमा पेस गरेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्