sevenstartv.com २ पुष २०८२, बुधवार

संघीय लोकतान्त्रिक मोर्चाले जनजागरण अभियान गर्दै

१६ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले आज विराटनगरमा जनजागरण अभियान कार्यक्रम गर्न लागेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा आयोजना हुने सो कार्यक्रम विराटनगरको अतिथि सदनमा हुने भएको छ ।

मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनतालाई अवगत गराउन देशका विभिन्न स्थानमा अभियान चलाइँदै आएको हो । कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

मोर्चाले यसअघि तय गरेको कार्यतालिकाअनुसार आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा पनि जनजागरण अभियान गर्ने तयारी गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्