भिजिट भिसा प्रकरणमा छानबिन नभए सडक आन्दोलन गर्ने राप्रपाका अध्यक्ष लिङदेनकाे चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
आइतबार झापामा सञ्चारकर्मीसँग उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरे पनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आफूहरूको मागलाई सरकारले पनि उपेक्षा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । अध्यक्ष लिङदेनले उक्त प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने पनि बताए । उनले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको बताएका छन् ।

.gif)