दूध उत्पादक किसानले आन्दोलन गर्दै, डीडीसी कार्यालयमा धर्ना
काठमाडौं । दूध उत्पादक किसानहरुले आन्दोलन गर्दै छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरुले आन्दोलन गर्ने भएका हुन् । उनीहरुले आज मध्याह्न १२ बजे काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिने भएका छन् ।
दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक-पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको जनाइएको छ ।
किसानहरूको पीडा, समस्या र मागहरूलाई उजागर गर्दै आफ्ना जायज मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम राखिएको बताइएको छ ।
धर्ना कार्यक्रम करिब एक घण्टा चल्ने छ । धर्ना कार्यक्रममा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता रहने छ ।

.gif)