sevenstartv.com २ पुष २०८२, बुधवार

रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न कारागार जाँदै रास्वपा उम्मेदवार

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारहरूले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि आज सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।  उम्मेदवार बन्न प्रतिस्पर्धामा रहेका ९ जना प्रारम्भिक उम्मेदवारले सभापति लामिछानेलाई भेट्ने भएका हुन् । 

उनीहरु रविलाई भेट्न ललितपुरस्थित नक्खु कारागार जाने भएका हुन् । उनीहरू अहिले बिहान ११ बजे सभापतिसँग भेटवार्ता गर्न नक्खु कारागार पुग्नेछन् । 

रास्वपाबाट पार्थिवेन्द्र उपाध्याय र उनकी श्रीमती उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्