रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आज उमेदवार घोषणा गर्ने भएको छ ।
यसका लागि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे पार्टी सचिवालय बैठक बस्न लागेको जनाइएको छ । उक्त बैठकपश्चात् उमेदवार घोषणा गरिने छ ।
बैठकमा रुपन्देही–३ मा उमेदवार छनोट मूल्यांकनबारे छलफल गरिनेछ । प्रवास विशेष अभियान सञ्चालनबारे र विविध विषयमा छलफल गरिने प्रस्तावित एजेन्डा छ ।

.gif)