मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड प्रस्थान
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । ‘अन्तर–सरकारी सहकार्य र संघीय प्रणालीमा प्रतिस्पर्धात्मकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि हुनका लागि मुख्यमन्त्री सिंह त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यो भ्रमण संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्य र प्रतिस्पर्धात्मकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान तथा अध्ययन गर्न महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ । उनीको भदौ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री सिंहको विदेश भ्रमणसँगै मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई दिइएको छ।

.gif)