sevenstartv.com ३ पुष २०८२, बिहिवार

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत

१४ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् । पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् ।

स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण भएकी हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्