sevenstartv.com ३ पुष २०८२, बिहिवार

नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

१४ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन खुलेको छ ।  प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार आवेदन खुलाएको हो । 

बीमा ऐन २०७९ को दफा ८ ९१० बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि ७ दिनभित्र आवेदन दिन सक्नेछन् । यसअघिको आह्वानमा १५ दिनको व्यवस्था रहेकोमा यसपटक घटाइएको छ । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ । 

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना उपाध्यक्ष शिवराज अधिकारीसहित सदस्यको नेतृत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञको रुपमा डा. खोमराज खरेल रहेको सिफारिस समिति गठन गरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्