रास्वपाका केन्द्रीय सदस्य पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतकाे आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार पाँडेसँग २० हजार रुपैयाँ धरौटी माग गरेको हो । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले बुधबार पक्राउ गरेको थियो ।
उनलाई एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो । ती महिलाले पाँडेमाथि अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।

.gif)