दीपक मनाङेको क्षेत्रमा तोकियो उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मिति तोकेको छ । राजीव गुरुङ (दीपक मनाङे) निर्वाचित भएको सो क्षेत्रमा आगामी कात्तिक १७ गते सोमबार निर्वाचन हुनेगरी मिति तोकिएको आयोगले जनाएको छ ।
ज्यान मार्ने उद्योगको मुद्दामा भएको फैसलाको पूर्णपाठमा उनी प्रदेशसभा सदस्य पदका लागि अयोग्य भएको ठहर गरिएको छ । साथै उनी जेलमुक्त भएको ६ वर्षसम्म उम्मेदवार बन्न नपाउने सर्वोच्च अदालतको फैसला भएकाले आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।


.gif)