सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यले नयाँ रेकर्ड बनाचएको छ । यस अघि साउन २३ गतेको उच्च रेकर्ड बनाएको सुनको मूल्यले आज उक्त रेकर्ड पनि तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार २०० रुपैयाँ बढेसँगै यस अघि उच्च रहेको मूल्य प्रतितोला २ लाख ४०० कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० रहेको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३५५ रहेको चाँदीको मूल्य शुक्रबार ५ रुपैयाँले बढेर २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

.gif)