आज फेरी सुनको मूल्यले उच्च रेकर्ड छोयो
काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यले उच्च रेकर्ड छोएको छ । यस अघि साउन २३ गतेको उच्च रेकर्ड आज पनि कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ४०० रुपैयाँ बढेसँगै यस अघि उच्च रहेको मूल्य प्रतितोला १ लाख ९९ हजार ४०० कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रहको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४५ रहेको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

.gif)