sevenstartv.com ३ पुष २०८२, बिहिवार

सुनको मूल्य फेरि दुई लाख नजिक

११ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ कायम छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३६० रुपैयाँमा खरिद–बिक्री भए चाँदी आज भने तोलामा १५ रुपैयाँ घटेर प्रतितोला २ हजार ३४५ मा कारोबार भइरहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्