sevenstartv.com ४ पुष २०८२, शुक्रवार

ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय

१० भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिको उम्मेदवारमा ईश्वरीदेवी न्यौपानेलाई पठाउने भएको छ । बुधबार हुने निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

समिति सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा गएको साउन २८ गते पदबाट राजीनामा दिएपछि सभापति पद अहिले रिक्त छ। खतिवडा नेपाली कांग्रेसबाट सभापति बनेका थिए ।

रिक्त पदका लागि संघीय संसद सचिवालयले २०८२ साल भदौ ११ गते बुधबार बिहान ११ बजे निर्वाचन तोकेको छ । कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिमा पठाउने भएपछि न्यौपानेले बहाल रहेको पदबाट भने राजीनामा दिएकी छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्