आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुन तोलाको १ लाख ९७ हजार २०० रुपैयाँ थियो ।
गएको साउन २३ गते सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

.gif)